Sun. Sep 22nd, 2024

उपेन्द्र द्विवेदी भारतीय सेनाको नयाँ प्रमुख

नयाँ दिल्ली,२०८१ जेठ ३० गते बुधबार  । लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदी भारतीय सेनाको नयाँ प्रमुख बन्नुहुने भएको छ । भारत सरकारले मनोज पाण्डेको ठाउँमा उहाँ नियुक्त हुने जानकारी हिजो दिएको हो ।

लेफ्टिनेन्ट जनरल द्विवेदीसँग चीन र पाकिस्तानसँगको सीमामा सेना परिचालनको अनुभव छ । हाल उहाँ उप-प्रधानसेनापति पदमा कार्यरत हुनुहुन्छ । प्रधानसेनापति मनोज पाण्डेले यही जुन ३० मा अवकाश लिँदै हुनुहुन्छ । वरिष्ठताका आधारमा द्विवेदीलाई यो पदमा चयन गर्न लागिएको हो ।

गत महिना सरकारले मनोज पाण्डेको कार्यकाल एक महिना थप गरेको थियो । उहाँले मे ३१ मा नै अवकाश लिने तय थियो तर त्यसको ६ दिनअघि नै उहाँको कार्यकाल थपिएको थियो । भारतमा यस्तो घटना धेरै बिरलै हुने गरेको छ । रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले जुन ३० देखि लागू हुने गरी भारतीय सेनाको उप-प्रधानसेनापतिका रूपमा कार्यरत लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदीलाई प्रधानसेनापति नियुक्त गरेको छ ।’ एजेन्सी

Facebook Comments