Fri. Sep 20th, 2024

साफ महिला फुटबल प्रतियोगिता काठमाण्डूमा हुने   

काठमाण्डू,२०८१ जेठ २१ गते सोमबार । साफ महिला फुटबल प्रतियोगिता काठमाण्डूमा हुने भएको छ । उक्त प्रतियोगिता आगामी कात्तिक १ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सञ्चालन हुनेछ ।

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आज बसेको प्रतियोगिता समितिको बैठकले उक्त प्रतियोगिता नेपालमा गर्ने तय गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता सुरेशकुमार शाहले जानकारी दिनुभयो ।

उक्त प्रतियोगिता आयोजना गर्न नेपाल, भुटान र बङ्गलादेशले प्रस्ताव गरेका थिए ।रासस

Facebook Comments