Sat. Sep 21st, 2024

राससकर्मी दाहाललाई मातृशोक   

बेलबारी (मोरङ), २०८१ जेठ १२ गते शनिबार । राष्ट्रिय समाचार समिति (रासस) को मोरङस्थित सुन्दरहरैँचा संवाददाता मणिराम दाहाल मातृशोकमा पर्नुभएको छ ।

सुन्दरहरैँचा-७ गोठगाँउ निवासी दाहालकी आमा रुक्मिणी दाहालको ७२ वर्षको उमेरमा सुनसरीको चतरामा निधन भएको हो । बिहीबार घरबाट केही नभनी निस्किनुभएकी दाहालको शव आज सुनसरीको चतरास्थित पानीमा डुबेको अवस्थामा भेटिएको थियो । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव परीक्षण भइसकेको र आजै इटहरीस्थित बूढीगङ्गा घाटमा दाहसंस्कार गरिने दाहालले जानकारी दिनुभयो । रासस

Facebook Comments