Wed. Oct 2nd, 2024

चीन र नेपालबीचको समझदारी र विश्वासको अभिवृद्धिका लागि प्रयास जारी राख्ने : निर्देशक स्याओ च्याङ

स्याओ च्याङ, निर्देशक, चिनियाँ सांस्कृतिक केन्द्र नेपाल

काठमाण्डू, २०८१ जेठ ८ गते मंगलबार ।  नेपालस्थित चिनियाँ सांस्कृतिक केन्द्रले चीन र नेपालबीचको जनस्तरीय समझदारी र विश्वासको अभिवृद्धिका लागि प्रयास जारी राख्ने बताएको छ ।

 आज अन्तर्राष्ट्रिय चिया दिवस, २०२४ को उपलक्ष्यमा काठमाण्डूमा “सद्भावनाको लागि चिया : याची साँस्कृतिक कार्यक्रम तथा नेपालमा आन्हुई सांस्कृतिक पर्यटन प्रवर्द्धन कार्यक्रम” मा बोल्नुहुँदै केन्द्रका निर्देशक स्याओ च्याङले सो विचार व्यक्त गर्नुभएको हो ।

स्याओ च्याङ, निर्देशक, चिनियाँ साँस्कृतिक केन्द्र नेपाल

नेपालको राजधानी काठमाण्डूमा चीनको आन्हुई प्रान्त र आन्हुईको चिया बारे जानकारी गराउन पाएकोमा खुशी व्यक्त गर्नुहुँदै निर्देशक स्याओ च्याङले नेपालस्थित चिनियाँ साँस्कृतिक केन्द्रले चीन र नेपाल दुई देशबीचको जनस्तरीय समझदारी र विश्वासको अभिवृद्धिका लागि आफ्नो प्रयास जारी राख्ने बताउनुभयो ।

निर्देशक स्याओ च्याङले चीन र नेपाल दुई देशको परम्परागत मैत्रीलाई अझ गहन बनाउन एक सेतुको भूमिका निर्वाह गरिरहने जानकारी पनि दिनुभयो । साथै उहाँले चीनको सुन्दर तथा मनमोहक आन्हुई प्रान्त र आन्हुईको चिया बारे जानकारी गराउन पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

फोटो सर्वाधिकार : रमेश हतुवाली

निर्देशक स्याओ च्याङको सम्बोधनको पूर्ण वितरण :

माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङ ज्यू ,

आदरणीय चिनियाँ राजदूत महामहिम छन् सोङ् ज्यू ,

आदरणीय आनहुई प्रान्त   संस्कृति तथा  पर्यटन विभागका उपमहानिर्देशक वाङ् चिङ् ज्यू ,

अतिथिगण, महिला तथा सज्जनवृन्द !

सबैभन्दा पहिले म नेपाल स्थित चिनियाँ सांस्कृतिक केन्द्रको तर्फबाट आजको यस “विश्व शान्तिका लागि चिया, आनहुई सम्बन्धि भद्रगोष्ठी” कार्यक्रममा उपस्थित हुनु भई कार्यक्रमको शोभा बधाई दिनु हुने सबै महानुभावहरुको हार्दिक स्वागत गर्न चाहन्छु । आज मे  महिनाको २१ तारिख “ विश्व चिया दिवस” का दिन चियासंग सम्बन्धित कार्यक्रम सन्चालन गर्नुले विशेष महत्व राख्दछ 

आनहुई  प्रान्त संस्कृति तथा पर्यटन विभागका उपमहानिर्देशक वाङ् चिङ्ले स्वयं आनहुई प्रान्तका कलाकार र उद्योगपति व्यवसायी प्रतिनिधि मण्डलको नेतृत्व गरी नेपाल आउनु भई हाम्रा लागि आनहुई प्रान्तका सांस्कृतिक एवं पर्यटकीय स्रोत सम्पदाको परिचयात्मक कार्यक्रम संचालन गर्न लाग्नु भएकोमा म उहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु । भर्खरै प्रदर्शित वृतचित्रमा हामीले देख्यौँ, आनहुई प्रान्तको ईतिहास लामो छ । यो प्रान्त चिनियाँ इतिहासमा प्रशिद्ध धेरै व्यक्तिहरुको जन्मस्थान पनि हो । आनहुईको प्राकृतिक दृश्य सुन्दर छ , यहाँको परिकार स्वादिष्ट छ, चिया उत्कृष्ट  छ, त्यति मात्र होइन यहाँ उल्लेखनीय रुपमा सुन्दर मानिने स्थानीय गीतिनाटक ओपेरा हुवाङ् मेइसि पनि छ । मलाई विश्वास , आजको कार्यक्रमबाट याहाँ उपस्थित महानुभावहरुले आनहुई प्रान्तको बारेमा धेरैभन्दा धेरै जानकारी प्राप्त गर्नु हुनेछ, आनहुई प्रान्तको सौदर्यको  गहिराइको आनन्द अनुभव गर्नु हुनेछ । म यस कार्यक्रमको पूर्ण सफलताको  कामना गर्दछु ।

यस कार्यक्रमको सफलताका लागि विशेष सहयोग पुर्याउने नेपाल स्थित चिनियाँ राजदुतावासलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु । नेपाल स्थित  चिनियाँ सांस्कृतिक केन्द्रले चीन र नेपाल दुई देश बिचको जनस्तरीय समझदारी र विश्वासको  अभिवृद्धिका लागि आफ्नो प्रयास जारी राख्ने नै छ र चीन र नेपाल दुई देशको परम्परागत मैत्रीलाई अझ गहन बनाउन एक सेतुको भूमिका निर्वाह गरिरहने छ । यहाँ उपस्थित सबै महानुभावहरुलाई  चिनियाँ सांस्कृतिक केन्द्रमा  पाल्नु हुन र सांस्कृतिक केन्द्रले आयोजना गर्ने सांस्कृतिक एवं अध्यापन प्रशिक्षण आदि कार्यक्रमहरुमा सहभागी हुन म हार्दिक निमन्त्रण गर्दछु ।

अब आजको आनहुई प्रान्तको सांस्कृतिक पर्यटकीय स्रोतसम्पदा सम्बन्धी परिचयात्मक कार्यक्रम प्रारम्भ हुँदैछ, कृपया ध्यानपुर्वक हेरिदिनु होला । धन्यवाद ।

Facebook Comments