Thu. Jun 11th, 2026

पन्ध्र लाख फिरौती माग्ने तीनजना पक्राउ

       

चितवन, २०८० माघ ४ गते बिहीबार । ज्यान मार्ने धम्की दिँदै फिरौती माग्ने तीनजना पक्राउ परेका छन् । प्रहरीले भरतपुर महानगरपालिका-२१ का २७ वर्षीय सरोज सुनार, वडा नं १ का २६ वर्षीय दीपक विक र वडा नं २६ का २५ वर्षीय सागर विकलाई पक्राउ गरेको हो ।

अभियुक्तहरूले रुपन्देही घर भई हाल भरतपुर महानगरपालिका-१ मा व्यापार गर्ने करन गुप्तालाई अपरिचित एनसेल नम्बरबाट फोन गरी धम्की दिँदै आएका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार उनीहरुलाई आपराधिक षड्यन्त्र मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको छ । रासस

Facebook Comments

सम्बन्धित समाचार

1 min read