उद्धारमा परिचालन भएका जहाजलाई निगमको निःशुल्क इन्धन
जाजरकोटमा गए राति गएको भूकम्पमा परी घाइते भएकालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट सुर्खेत ल्याइएका घाइतेलाई सूर्खेतस्थित प्रदेश अस्पताल लग्दै नेपाली सेनाको टोली । तस्बिर : सुरेश आचार्य/रासस
काठमाण्डू, २०८० कात्तिक १८ गते शनिबार । नेपाल आयल निगमले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका निम्ति परिचालन भएका हवाइजहा4ज तथा हेलिकप्टरमा प्रयोग भएको इन्धनको रकम आफैँले बेहोर्ने जनाएको छ ।

नेपाल एयरलाइन्स र नेपाली सेनाको हवाइजहाज तथा हेलिकप्टरमा प्रयोग गरिएको इन्धनबापतको रकम आर्थिक वर्ष २०८०/०८१ को संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको कोषबाट निगमले बेहोर्ने निर्णय भएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले राससलाई जानकारी दिनुभयो ।

राससका अनुसार निगमले भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नका साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

