Sun. Apr 28th, 2024

डलर अकाशियो, सुन घट्यो

काठमाडौं, २०७६ फागुण ३० गते शुक्रबार

विश्व बजारमा अमेरिकी डलर अहिलेसम्मकै सर्वाधिक महँगो भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि १ अमेरिकी डलरको बिक्रीदर १ सय १९ रुपैयाँ ४ पैसा तोकेको छ । यो मूल्य बिहीबारको भन्दा ९२ पैसा बढी हो । बिहीबार १ अमेरिकी डलरको बिक्रीदर १ सय १८ रुपैयाँ १२ पैसा थियो । यस्तै बिहीबार १ सय १७ रुपैयाँ ५२ पैसा रहेको १ अमेरिकी डलरको खरिद दर शुक्रबार १ सय १८ रुपैयाँ ४४ पैसा पुगेको राष्ट्र बैंकले जनाएको छ ।

तर अर्कोतिर सुनको मूल्य भने शुक्रबार एकैदिन तोलामा ३ हजार रुपैयाँले घटेको छ । सुनको भाउ शुक्रबार प्रति तोला ७८ हजार पाँच सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार तोलामा ८ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ८१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

Facebook Comments