Mon. Apr 29th, 2024

कोरोना भाइरसको कारण होली खल्लो हुने

काठमाडौं, २०७६ फागुण २६ गते सोमबार

कोरोना भाइरसको आतंकका कारण यस वर्षको होली विगतको तुलनामा खल्लो हुने निश्चित छ । गृह मन्त्रालयले होली पर्वका अवसरमा विगतमा झै भीडभाड र भेलामा जम्मा हुने, लोला हान्ने, रङ अबिर दल्ने कार्य नगर्न र नगराउन आग्रह गरेको छ ।

विज्ञप्ती जारी गर्दै गृह मन्त्रालयले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस नेपालमा आउनसक्ने उच्च जोखिम रहेकाले सर्तक रहन र होलीमा जोखिमपूर्ण कार्य नगर्न आग्रह गरेको हो ।

यसैगरी अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै समस्या नभएकोले झुठो खबरको पछि नलाग्न आग्रह गर्दै कालोबजारी र कृत्रिम अभाव सिर्जना गरेको थाहा पाए खबर गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयले भ्रममा परेर उपभोग्य वस्तुको खरिद तथा भण्डारणमा हतार नगर्न सर्वसाधारणलाई आग्रह समेत गरेको छ ।

Facebook Comments