Thu. Sep 19th, 2024

चीन-विश्व स्वास्थ्य संगठनका संयुक्त विज्ञ समूह वुहानमा

काठमाडौं, २०७६ फागुण ११ गते आईतबार

स्थानीय २१ तारिखका दिन विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अढानोम घेब्रेयससले स्वीट्जरल्याण्डको जेनेभामा आयोजित पत्रकार सम्मेलनमा चीनमा काम गरिरहेका चीन-विश्व स्वास्थ्य संगठनको संयुक्त विज्ञ समूहले २२ तारिख चीनको वुहानमा पुगेर काम गर्न लागेको जानकारी दिनुभएको छ।

संयुक्त विज्ञ समूहका सदस्यहरु चीन, जापान, दक्षिण कोरिया, सिंगापुर, रुस, जर्मनी, अमेरिका र नाइजेरिया लगायत आठ देशबाट आएका छन्। उनीहरू महामारी विज्ञान, भाइरोलजी, क्लिनिकल व्यवस्थापन, प्रकोप नियन्त्रण र सार्वजनिक स्वास्थ्य लगायतका विभिन्न क्षेत्रहरूमा विश्वका शीर्ष विशेषज्ञहरू हुन्।

पत्रकार सम्मेलनमा महानिर्देशक टेड्रोस अढानोम घेब्रेयससले नयाँ कारोना भाइरसका छ जना विशेष राजदूतहरू संसारभर काम गर्नका लागि नियुक्त गरिएको घोषणा गर्नुभयो। उहाँले सबै देशहरुलाई महामारीको संयुक्त रुपमा प्रतिक्रिया दिन पनि फेरि एक पटक आग्रह गर्नुभयो भनि सीआरआई नेपाली विभागले लेखेको छ ।

Facebook Comments