Mon. Apr 29th, 2024

छाउपडी-स्वाहा, वालविवाह-स्वाहा, बहुविवाह-स्वाहा

खलङ्गा, २०७६ फागुण १० गते शनिबार

छाउपडि -स्वाहा, वालविवाह -स्वाहा, बहुविवाह स्वाहा -(छुई प्रथा, वालविवाह र बहुविवाह सकियो)

यो भनाइ, यहाँको जुम्ला जिल्लामा महायज्ञबाटै छाउपडि (छुईप्रथा) विरुद्धको कुरुति विरुद्ध गरिएको महायज्ञमा ब्राहमण, धामी, झाक्री, र सरोकारवाला व्यक्तिहरु र स्थानीयद्वारा गरिएको प्रतिबद्धता हो ।

धार्मिक आस्था अनुसार कुनै प्रकारका समस्याहरु भएमा पूजा गरेर महायज्ञमार्फत् ब्राहमणले अग्निमा जलाउने विश्वास अनुसार महायज्ञ चलिरहेको छ । सबैजसो समयमा महायज्ञमा पूजापाठ हुन्थ्यो । शुक्रबार महिनावारी भएको समयमा महिला सायदै कमै उपस्थित हुन्थे तर छुईप्रथा विरुद्धको अभियान अन्तरगत जुम्लामा महायज्ञमार्फत् महिनावारी समयमा छाउपडि (छुई) नमान्ने भन्दै प्रतिबद्धता गरिएको हो ।

महिला वालवालिका तथा समाजकल्याण मन्त्रालयको आयोजना तथा जिल्ला प्रशासन कार्यालयको आयोजनामा टुँडिखेल मैदानमा गरिएको महायज्ञमा सयौं स्थानीयले होम गरेर प्रतिबद्धता गरेका छन् ।

जुम्लामा महिनावारी हुँदा घरमा बस्नु हुन्न भन्ने धर्म तथा मानसिकताको अन्तका लागि गरिएको महायज्ञमा जुम्ला प्रदेशसभाका सांसद पदमबहादुर रोकाया, जिल्ला स्थित स्थानीय तहका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेसहित सरकारी निकाय, नागरिक समाज, पत्रकार तथा गाउँपालिकाका घोषित छाउपडि विरुद्धको दुतहरुको उपस्थितिमा बृहत महायज्ञ गरेर छाउपडि अन्त गर्ने सामुहिक प्रतिबद्वता दोहोर्याएका हुन् ।

सुदुरपश्चिम तथा कर्णालीमा गडिएर रहेको छाउपडी प्रथा उन्मूलनको महाअभियान अन्तर्गत् जु्म्लामा गरिएको महायज्ञले यहाँका महिलाको मन भत्काउन ठूलो मद्दत गरेको ब्राहमण रमान्नद आर्चायले बताउनुभयो । उहाँले महायज्ञ मार्फत छाउपडीलगायत कुरीतिलाई स्वाँहा गरिएकाले अब कोही कसैले छुई नर्बान समेत सुझाब दिनुभयो । महायज्ञमा लाखौँ दान दिएर पुण्य कमाउनु भन्दा आम नागरिको जीवनमा सुधार ल्याउनका लागि साँझा संकल्प महान भएको उहाँको भनाइ छ ।

चन्दननाथ नगरपालिका जुम्लाका मेयर कान्तिका सेजुवालले सँधै धार्मिक कार्यमा गरिने महायज्ञ, जुम्लामा छाउपडी अन्त्यका लागि गर्नु फरक र गर्वको पक्ष भएको बताउनुभयो ।

सिंजा गाउँपालिका अध्यक्ष देवल सिंह रावलले देवता रिसाउँछन् भनेर गोठमा बस्ने महिलालाई छाउपडी प्रथा उन्मलन गर्न महायज्ञ लगाएपछि बल्ल डर भत्किएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले महिलालाई महिनावारी भएको समयमा हुने पिडा अन्त्य गर्नका लागि नेपालमै नमुना काम गर्न खोजिएको र यो पनि जनचेतनाबाटै मनभित्रै परिवर्तन हुनेगरी प्रतिबद्धताको आधारमा गरिएको जानकारी दिनुभयो ।

महायज्ञमा जिसस कार्यवाहक प्रमुख जयराज भारती, तिला गाउँपालिका अध्यक्ष रतननाथ योगी, लगायत ब्रहामण, महिला संजाल, यूवाक्लवब, जनप्रतिनिध, पत्रकार लगायत समग्र जुम्लाबासीले महायज्ञ मार्फत छुई नमान्ने संकल्प गर्नुभयो । गोरखापत्र अनलाईनबाट

Facebook Comments