Fri. Oct 18th, 2024

भाइटिका भव्य रुपमा मनाईयो (फोटो फिचर)

- तिहार विशेष, २०७९

भाइटिका : झोराहाट, मोरङ ।

काठमाण्डौं, २०७९ कात्तिक १० गते बिहीबार । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन आज स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले भाइटिका भव्य रुपमा मनाएका छन् ।

सयपत्रीका माला र तिहारका परिकारहरु ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले भाइटिकाको साईत बिहान ११:३७ बजे सबैभन्दा उत्तम भने पनि देशका केही स्थानहरुमा बिहान ९ बजेदेखिनै टिका लगाएर हिँड्नेहरु पनि देखिन्थे । आज बिहान सखारैदेखि चेलिबेटी र माईतीको ओहोरदोहोर देख्न पाईन्थ्यो । मध्यान्ह १२ बजेपछि भने जताततै भाइटिका लगाएर हिड्नेहरुको घुईचो देखिन्थ्यो । सयपत्री, गोदावरी, मखमली लगायतका फूलहरुको माला लगाएर हिडेका चेली र माईतीको लर्को हेर्दा रमिता लाग्दो देखिन्थ्यो । निधारमा सप्तरंगी टिका र चिटिक्क परेका पोशाक लगाएर हिँड्नेहरुले सबैको ध्यान खिच्न सफल भएका थिए ।

भाइटिका : ईटहरी, सुनसरी ।

यस पटकको भाइटिका लगाईसकेपछि सामाजिक सञ्जालमा फोटो पोष्याउनेहरुको पनि बाक्लो उपस्थिती देखियो । लाग्थ्यो सबै फोटो पोष्ट गर्न हतारिएका छन् ।

भाइटिका : चक्रघट्टी, सुनसरी ।

देशका विभिन्न भागमा गरिएको भाइटिकाको दृश्य फोटो फिचरमा……………………….

भाइटिका : दुधौली, सिन्धुली ।
भाइटिका : वर्तामोढ, झापा ।
भाइटिका : विराटनगर, मोरङ ।
भाइटिका : जुरोपानी, झापा ।
भाइटिका : चक्रघट्टी, सुनसरी ।   
भाइटिका सिन्धुलीमाढी, सिन्धुली ।
भाइटिका : भक्तपुर ।

भाइटिका : बुढानिलकण्ठ, काठमाण्डौं ।    

भाइटिका : जमुना, इलाम ।

Facebook Comments