Sat. Oct 19th, 2024

नवौं राष्ट्रिय खेलकूदः महिला क्रिकेटमा सुदुरपश्चिमको पहिलो जित

काठमाण्डौं, २०७९ असोज २५ गते मंगलबार । नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ

पोखरामा मंगलबार सम्पन्न खेलमा सुदुरपश्चिमले गण्डकी प्रदेशलाई ६ विकेट पराजित गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो ।

गण्डकीले दिएको ६० रनको सामान्य लक्ष्य पछ्याएको सुदुरपश्चिमले १० ओभर २ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

सुदुपश्चिमको जितमा रितु कनौजियाले २२ तथा स्नेहा महराले अविजित २१ रनको योगदान दिनु भयो । गण्डकीका लागि शिला क्षेत्रीले २ तथा शृष्टि जैसीले १ विकेट लिनु भयो ।

त्यस अघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ५९ रन बनाएको थियो ।

गण्डकीका लागि कप्तान शृष्टि जैसीले अविजित २८ रनको योगदान दिदा अन्य ब्याटरहरुले दोहोरो अंकमा रन जोड्न सकेनन् । सुदुरपश्चिमका लागि रितु कनौजियाले २ तथा अनु कडायत,स्नेहा महरा र सावित्री धामीले समान १–१ विकेट लिनु भयो ।

जितसंगै सुदुपश्चिम समूह ’ए’ को दोस्रो स्थानमा उक्लिएको छ । सुदुपश्चिमले २ खेलमा १ जित सहित २ अंक जोडेको छ । अंक विहिन गण्डकी समूहको पुछारमा रहेको छ ।

प्रतियोगितामा सहभागि ९ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

Facebook Comments