Sat. Oct 19th, 2024

सन्दीपलाई आज काठमाडौं जिल्ला अदालतमा पेश गरिने

काठमाण्डौं, २०७९ असोज २३ गते आईतबार । नवालिका बलत्कारको अभियोग लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा थप अनुसन्धानका लागि न्यायिक हिरासतमा राखेर आज काठमाडौं जिल्ला अदालतमा पेश गरिने भएको छ ।

लामिछानेविरुद्ध प्रहरी वृत्त गौशालामा २१ भदौमा १७ वर्षकी किशोरीमाथि जबरजस्ती करणीको अभियोगमा मुद्दा दर्ता भएको थियो ।

नाबालिग बलात्कारको जाहेरी परेको दुई दिनपछि प्रहरीले पक्राउ गर्न जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएको थियो । पक्राउ पूर्जी जारी भएपछि लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीको कप्तानबाट निलम्बन गरेको थियो ।

लगत्तै लामिछानेले कानूनको सम्मान गर्दै स्वदेश फर्किने बताए पनि एक महिनासम्म सम्पर्कविहीन रहनु भएको थियो । अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस जारी भएपछि उहाँ दसैँको दोस्रो दिन स्वदेश फर्कनु भएको थियो । लामिछाने स्वदेश फर्किए लगत्तै उहाँलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाटै पक्राउ गरेको थियो । हाल उहाँ गौशाला प्रहरीको हिरासतमा हुनु हुन्छ ।

Facebook Comments