Sat. Oct 19th, 2024

राष्ट्रपति भण्डारी शिक्षण अस्पतालमा भर्ना   

काठमाण्डौं, २०७९ असोज २२ गते शनिबार । राष्ट्रपति विद्यादेवी भण्डारी भाइरल ज्वरोका कारण महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना हुनुभएको छ ।

राष्ट्रपति भण्डारीको स्वास्थ्यमा समस्या आएपछि परीक्षणका निम्ति अस्पताल भर्ना हुनुभएको उहाँका स्वकीय सचिव भेषराज अधिकारीले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रपतिज्यूको शिक्षण अस्पतालमा परीक्षण चलिरहेको छ । भाइरल ज्वरोको आशङ्का गरिएको छ । अहिले स्वास्थ्य परीक्षण भइरहेको छ ।”

स्वकीय सचिव अधिकारीका अनुसार राष्ट्रपछि भण्डारीलाई शुक्रबारदेखि रुघाखोकी र ज्वरो आएको थियो ।  रासस

Facebook Comments