Sat. Oct 19th, 2024

बाथरुममा लडेर एमाले नेता ढुङ्गेलको मृत्यु   

काठमाण्डौं, २०७९ असोज २२ गते शनिबार । काँडाघारीस्थित आफ्नै घरको बाथरुममा लडेर नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य बालकृष्ण ढुङ्गेलको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराका अनुसार बिहान अन्दाजी ११ः३० बजेको समयमा बाथरुममा लडेर उहाँको मृत्यु भएको हो ।

दसैँको समयमा परिवारका सदस्य जिल्लाबाहिर गएका बेला उहाँ एक्लै घरमा रहेको र सोही क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

 विगतमा नेकपा (माओवादी) पार्टीमा आबद्ध नेता ढुङ्गेल एमाले र माओवादी मिलेर बनेको तत्कालीन नेकपा फुटेपछि उहाँ एमालेमै बस्नुभएको थियो । ढुङ्गेल द्वन्द्वका क्रममा उज्जन श्रेष्ठ हत्या आरोपमा जेलसमेत बस्नुभएको थियो । यसअघि उहाँ संविधानसभाका सदस्यसमेत बन्नुभएको थियो । रासस

Facebook Comments