Sat. Oct 19th, 2024

एमाले अध्यक्ष ओलीसँग विभिन्न देशका राजदूतहरूको सामूहिक भेट

फोटो : रेडियो नेपाल

काठमाण्डौं, २०७९ भदौं ९ गते बिहीबार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिका र वेलायतका राजदूत तथा अष्ट्रेलिया, स्वीट्जरल्याण्ड र युरोपेली संघका निमित्त राजदूतहरूले भेटवार्ता गरेका छन् ।

एमाले पार्टी कार्यालय च्यासलमा बुधबार भएको भेटमा राजदूतहरुले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधनमा बिषयमा चासो राखेका थिए । सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गर्दा त्यसमा अन्तर्राष्ट्रिय स्तर र मान्यतामा ध्यान पुराउनुपर्नेमा उनीहरुकोे चासो र चिन्ता रहेको भेटमा सहभागी एमाले उपाध्यक्ष सुवास नेम्वाङले जानकारी दिनुभयो । भेटमा अध्यक्ष ओलीले सवैको चिन्ता र चासोलाई समेटेर सदनबाट उक्त बिधेयक पारित गर्न एमाले प्रतिवद्ध रहेको बताउनुभयो । तर संसदको अवधि थोरै रहेको अवस्था कसरी पारित गर्ने भन्ने चिन्ता रहेको ओलीले बताउनुभएको नेम्वाङले जानकारी दिनुभयो ।

भेटवार्तामा अमेरिकी राजदूत र्याण्डि बेरी, वेलायतका राजदूत निकोला पोलिट, अष्ट्रेलिया, स्वीट्जरल्याण्ड र युरोपेली संघका निमित्त राजदूतहरुहरुका साथै एमालेका उपाध्यक्ष नेम्वाङ, उपमहासचिव विष्णु रिमाल र परराष्ट्र मामिला विभाग सचिव डा.अञ्जान शाक्य सहभागी हुनुभएको थियो ।

Facebook Comments