Sat. Oct 19th, 2024

गठबन्धनमा सिट बाँडफाँटको टुंगो एक-दुई दिनमै : गुरुङ

काठमाण्डौं, २०७९ भदौं ८ गते बुधबार । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि गठबन्धनमा एक/दुई दिनभित्रै सिट बाँडफाँड टुँगो लाग्ने दावी गर्नुभएको छ ।

रिपोटर्स क्लव नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहाले अहिले पनि सिट बाँडफाँडका लागि गठबन्धनका शीर्ष नेताहरुबीच छलफल चलिरहेको जानकारी दिनुभयो ।

गुरुङले मुलुकको राष्ट्रिय राजनीतिमा देखापरेको संकटलाई सबै दलबीचको सहकार्यले पार लगाउनुपर्नेमा जोड दिनुभयो । महासचिव गुरुङले एमाले पनि विगतका गल्ती कमजोरी पूनर्विचार गर्न तयार भयो भने वाम घटकहरु सहकार्य गरेर जान सकिने तर वाम घटकमा संकीर्णता भने देखिएको बताउनुभयो । फरक प्रसँगमा उहाले पार्टीका पदाधिकारी समावेशी नभएको बताउनुभयो । केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला सुनिश्चितता् गरेको भएपनि पदाधिकारीको सवालमा त्यसो हुन नसकेको उहाले बताउनुभयो ।

गुरुङले आफ्नो दलमा पर्ने सिटको भागअनुसार सोहीअनुसार उम्मेद्धवार उठाउने सवालमा मापदण्ड तय गरिने जानकारी दिनुभयो ।

Facebook Comments