Sat. Oct 19th, 2024

मुस्लिम आयोग र बीआरआई सम्झौता खारेजीको माग गर्दै काठमाण्डौंमा प्रदर्शन

भिओके समाचार/काठमाण्डौं, २०७९ भदौं ४ गते शनिबार । राष्ट्रिय एकता अभियानको युवा विभागले मुस्लिम आयोग र बीआरआई सम्झौता खारेजीको माग गर्दै विरोध र्याली निकालेको छ । काठमाण्डौं स्थित माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म सयौँको संख्यामा रहेका युवाहरूले आज र्याली गरेका हुन् ।

बिरोध र्याली नयाँ बानेश्वरमा पुगेर कोण सभामा परिणत भएको थियो । र्यालीमा सहभागीहरुले जिहादी प्रवर्द्धक मुस्लिम आयोग खारेज गर, राष्ट्रघाती बीआरआई सम्झौता खारेज गर, चिनियाँ विस्तारवाद मुर्दावाद, हिन्दुराष्ट्र कायम गर लगायतका नारा लगाएका थिए ।

युवा विभागद्वारा निकालिएको र्यालीमा अभियानका अध्यक्ष विनय यादवले बीआरआई सम्झौता र मुस्लिम आयोग तत्काल खारेजी गर्नलाई सरकारसँग आग्रह गर्नुभयो ।

त्यस्तै अभियानका केन्द्रीय सदस्य राजेश हिन्दू सम्राट, चन्द्र यदुवंशी, युवा विभागका अध्यक्ष कृष्ण यादव, प्रवक्ता रजनीश पाण्डेय, सदस्य प्रीति पाण्डेय, मुस्कान यादव, भाग्यनारायण ठाकुर, बोधनारायण यादव, राष्ट्रिय विद्यार्थी परिषद्का महासचिव पप्पू यादव लगायतले बीआरआई सम्झौता राष्ट्रघाती भएको र मुस्लिम आयोग जिहादी प्रवर्द्धक भएको आरोप लगाउदै तत्काल खारेज गर्नुपर्नेमा माग गर्नुभएको थियो ।

Facebook Comments