Sat. Oct 19th, 2024

सिंहदरबारमा खरिदार र सुब्बाको आन्दोलन

भिओके समाचार/काठमाण्डौं, २०७९ साउन २३ गते सोमबार । तलबवृद्धिमा असमानता गरेको भन्दै सिहंदरबारभित्रका नायबसुब्बा र खरिदार तहका कमर्चारी आन्दोलनमा उत्रिएका छन् । अर्थ मन्त्रालयले बजेट घोषणाविपरीत उच्च तहका कर्मचारीको तलब धेरै र तल्लो तहका कर्मचारीको थोरै वृद्धि गरेको भन्दै उनीहरू काम बन्द गरी आन्दोलनमा उत्रिएका हुन्  ।  आन्दोलनका कारण देशको प्रमुख प्रशासनिक केन्द्रको कामकाज सोमबार प्रभावित भएको छ ।

निजामती कर्मचारी युनियनका महासचिव प्रकाश भट्टराईले ‘नासु बचाऊ अभियान’को नेतृत्वमा आज ‘पेन डाउन’ गरिएको जानकारी दिनुभयो । आन्दोलनको कार्यक्रम अनुसार नायव सुब्बा कर्मचारीले भोलि मंगलबार बिदामा बस्ने घोष्णा गरेका छन् ।

आन्दोलित कर्मचारीहरू अहिले सूचना तथा सञ्चार मन्त्रालयको सभा हलमा वृहत् आन्दोलनको तयारी गरिरहेको भट्टराईले जानकारी दिनुभयो ।

सरकारले असमान तलब वृद्धि गरेको र प्रस्तावित संघीय निजामती सेवा ऐनको मागको सन्दर्भमा आफूहरूले वृहत् आन्दोलनको तयारी गरेको जानकारी पनि उहाँले दिनुभयो । नासु र खरिदारका मागहरू सम्बोधन नगरे सामूहिक राजीनामा समेत दिन सक्ने चेतावनी उहाँले दिनुभयो ।

Facebook Comments