Sat. Oct 19th, 2024

चीनको अस्तित्व खतरामा परे नेपालको अस्तित्व पनि खतरामा पर्ने

- नेकपा माले लगायतका राजनीतिक पार्टीद्वारा अमेरिकी संसद्को तल्लो सदनका सभामुख पेलोसीले गर्नुभएको थाईवान भ्रमणको कडा विरोध

dav

रमेश हुतुवाली/काठमाण्डौं, २०७९ साउन १९ गते बिहीबार । अमेरिकी संसद्को तल्लो सदनका सभामुख न्यान्सी पेलोसीले हालै गर्नुभएको चीनको थाईवान भ्रमणको नेकपा माले लगायतका विभिन्न कम्युनिष्ट घटकहरुले कडा विरोध गरेका छन् ।

आज काठमाडौंमा आयोजित “चीनको सार्वभौम सत्ता र आण्डता : एक चीन नीतिप्रति सदैव हाम्रो प्रतिवद्धता” विषयक कार्यक्रममा बोल्दै वक्ताहरुले थाईवान चीनको अभिन्न अंग भएको र दक्षिण चीन सागरमा भएका गतिविधिले चीनलाई मात्र नभएर नेपाललाई पनि प्रभावित पार्ने बताए ।

नेकपा मालेका नेता कुमार बेलबासे, नेकपा क्रन्तिकारी माओवादीका नेता ईन्द्र राउत, नेकपा माले का विदेश विभाग सचिव सुरेन्द्र ढकाल, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋृषि कट्टेल, नेपालवाद पार्टीका नेता किरण शर्मा, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष लोक नारायण सुवेदी लगायतले सभामुख पेलोसीले गर्नुभएको थाईवान भ्रमण एक चीन नीति प्रतिको अमेरिकी प्रतिवद्धता विरुद्ध भएको र चीनलाई जानकारी नै नदिई गरिएको यस भ्रमणले चीनको सार्वभौमिकता र स्वतन्त्रताको धज्जी उडाएको प्रतिक्रिया दिनुभयो ।

साथै उहाँहरुले पेलोसीको भ्रमणबाट क्षेत्रिय तथा विश्व शान्तिलाई नै खल्बल्याउने अवस्था सृजना भएकोले चीनका विरुद्ध गरिएको अमेरिकी दादागिरीको अन्त हुनुपर्नेमा जोड दिनु भयो ।

फ्रेन्सड्स अफ सिल्क रोड क्लब नेपालको आयोजनामा सो कार्यक्रम भएको हो ।

Facebook Comments