Sat. Oct 19th, 2024

पातारासीको बागजाले पाटनमा ठुलो चट्यांङः ८० भेडा मरे, ३ सय बेपत्ता

जुम्ला , २०७९ असार १८ गते शनिबार ।  पातारासी गाउँपालिकाको बागजाले पाटनमा चट्याङ पर्दा ८० भेडा मरेका छन् । चट्याङ पर्दा पाटनमा राखिएका पाँच जना किसानका ८० भेडा मरेका हुन् । झण्डै ३ सय भेडा हराएका छन् ।

शुक्रवार दिउँसो ३ बजेतिर बागजाले पाटनमा चट्याङ पर्दा पातारासी गाउँपालिका–४ लुम गाउँका ५ जना कृषकका ८० भेडा मरेको प्रहरी चौकी डिल्लीचौरका प्रमुख बद्री साउदले बताउनुभयो । रासस

Facebook Comments