Fri. Apr 24th, 2026

बालेन ! (भिडियो सहित)

- कुमार खनाल

२०७९ असार ६ गते सोमबार । 

✍️ कुमार खनाल

अब तिम्ले नयाँ पाईला चाल्नु पर्छ बालेन

भ्रष्टहरुको किल्ला किल्ला ढाल्नु पर्छ बालेन ।।

राज्यको पैसा लुटी मंगा गाडी चढ्नेलाई

लौरो लगाई अनुसन्धान थाल्नु पर्छ बालेन

अब तिम्ले नयाँ पाईला चाल्नु पर्छ बालेन

भ्रष्टहरुको किल्ला किल्ला ढाल्नु पर्छ बालेन ।।

राजनीतिको खोल ओढी देश बेच्ने दलालहरु

सत्ताबाट दलालीलाई फाल्नु पर्छ बालेन

अब तिम्ले नयाँ पाईला चाल्नु पर्छ बालेन

भ्रष्टहरुको किल्ला किल्ला ढाल्नु पर्छ बालेन ।।

हत्या, हिंसा, आतंकले जनतामा त्रास छायो

देश द्रोहीलाई जेलभित्र हाल्नु पर्छ बालेन

अब तिम्ले नयाँ पाईला चाल्नु पर्छ बालेन

भ्रष्टहरुको किल्ला किल्ला ढाल्नु पर्छ बालेन ।।

कुमार खनाल
भद्रपुर ८ , चन्द्रगढी, झापा ।

Facebook Comments