Sat. Oct 19th, 2024

जिसस मोरङको प्रमुखमा एमालेका राई विजयी   

मोरङ, २०७९ असार १ गते बुधबार । जिल्ला समन्वय समिति मोरङको प्रमुखमा नेकपा (एमाले)का अजम्बर राई विजयी हुनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका अनुसार उपप्रमुखमा पनि एमालेकै उषा झा विजयी हुनुभएको छ । सदस्यमा एमालेकै उमा नेपाली, उर्बसी कुमारी थारू, हरिमाया विश्वकर्मा, तुलसीप्रसाद घिमिरे, देवमणि कटुवाल र मित्रप्रसाद ढकाल विजयी हुनुभएको छ ।

Facebook Comments