Fri. Oct 18th, 2024

राजधानी किएभमाथि आक्रमण थप विस्तार गर्ने रुसी राष्ट्रपतिको चेतावनी

काठमाण्डौं, २०७९ जेठ २३ गते सोमबार । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशहरूले किएभमा लामो दूरीसम्म प्रहार गर्न मिल्ने अस्त्रहरू पठाएमा आफूले युक्रेनमा आक्रमण गर्ने लक्ष्यको सूची विस्तार गर्ने बताउनु भएको छ ।

युक्रेनको राजधानी किएभमा हप्तौँपछि भएको पहिलो हवाई हमलामा आइतवार केही भागहरूमा विस्फोट गराइएका बेला पुटिनको यस्तो भनाइ आएको हो।

रुसले युरोपेली देशहरूबाट पठाइएका ट्याङ्कहरूमा आक्रमण गरेको बताएको छ, तर युक्रेनले रुसले रेलवे मर्मत केन्द्रमा आक्रमण गरेको जनाएको छ।

युद्धकै अर्को घटनामा डोन्बास क्षेत्रको लडाइँमा एक रूसी जेनेरल मारिएका छन्। रुसले मार्चको अन्त्यमा किएभ क्षेत्रबाट फिर्ता गरेर आफ्ना सैनिकहरूलाई डोन्बास क्षेत्रमा पुनस् केन्द्रित गरेको थियो।

रुसले त्यस क्षेत्रमा ढिलो तर स्थिर गतिमा प्रगति गरिरहेको छ। उसले पूर्वी क्षेत्रको सयौँ किलोमिटर आफ्नो नियन्त्रणमा लिइरहेका बेला कैयौँ पश्चिमा देशले किएभमा थप शक्तिशाली र विकसित खालका अस्त्र पठाउने वाचा गरेका छन्।

हालै मात्र अमेरिकाले एम-१४२ हाई मोबिलिटी आर्टिलरी रकेट प्रणाली (एचआईएमएआरएस) पठाउने घोषणा गरेको थियो। त्यसले हाल युक्रेनसँग रहेका त्यस्ता प्रणालीभन्दा निकै परसम्म र सटीक ढङ्गले निसानामा प्रहार गर्नसक्छ। बीबीसी

Facebook Comments