Fri. Oct 18th, 2024

अमेरिकामा फेरी गोली चल्यो : चार जनाको मृत्यु, कैयन घाइते

काठमाण्डौं, २०७९ जेठ १९ गते बिहीबार । अमेरिकाको ओक्लोहोमा टल्सास्थित एक मेडिकल अस्पताल भवनमा बन्दुकधारीले आक्रमण गर्दा चार जनाको मृत्यु भएको पुष्टि भएको छ ।

आक्रमणमा बन्दुकधारी पनि मारिएको प्रहरीले जनाएको छ । तर बन्दुकधारी कसरी मारिए भन्ने विषय स्पष्ट पारिएको छैन । प्रहरीले सम्भावित खतरालाई मध्यनजर गर्दै भवनका सबै कोठाहरुको निरीक्षण गरिरहेको जनाइएको छ ।

घटनास्थलको निरीक्षण भइरहेकाले घाइतेहरु र मृतकको संख्या अझै धेरै हुनसक्ने अनुमान गरिएको छ । आक्रमणकारीले अचानक गोली चलाएपछि मेडिकल कम्प्लेक्समा विपद्को अवस्था आएको थियो । घटना भएको नाताली मेडिकल भवन हाल बन्द गरिएको छ ।

Facebook Comments