Fri. Oct 18th, 2024

नेपाल एशोसियशन अफ -याफ्टिङ एजेन्सिज (नारा)को अध्यक्षमा अधिकारी   

काठमाण्डौं, २०७९ जेठ १८ गते बुधबार । जलयात्रा पर्यटन व्यवसायीको छाता सङ्गठन नेपाल एशोसियशन अफ -याफ्टिङ एजेन्सिज (नारा)को अध्यक्षमा शिव अधिकारी निर्वाचित हुनुभएको छ । नाराको आज सम्पन्न ३३औँ वार्षिक साधारणसभा एवं निर्वाचन कार्यक्रममा अधिकारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । नवनिर्वाचित अध्यक्ष अधिकारी एडरिफ्ट एडभेञ्चरका सञ्चालकसमेत हुनुहुन्छ ।

उपाध्यक्षमा रेन्बो एडभेञ्चरका सञ्चालक शिशिर खनाल, महासचिवमा रक रिभरसाइड रिसोर्टका सञ्चालक नारायण श्रेष्ठ, सचिवमा नेपाल रिभर रनरका सञ्चालक राजु खड्का, कोषाध्यक्षमा नेक्सस हिमालयन रिभरका सञ्चालक राजेन्द्र थपलिया र सहकोषाध्यक्षमा स्वीसा -याफ्टिङका सञ्चालक इन्दुदेवी वाग्ले निर्वाचित हुनुभएको निर्वाचन अधिकृत सूर्यप्रसाद जोशीले जानकारी दिनुभयो ।

कार्यसमिति सदस्यमा रिभर बे एण्ड -याफ्टिङका सञ्चालक महेन्द्र श्रेष्ठ र तमोर रिभर एडभेञ्चरका सञ्चालक मदन ढकाल निर्वाचित हुनुभएको छ । नारामा निवर्तमान अध्यक्ष र पोखरा शाखाका अध्यक्ष स्वतः पदेन सदस्य हुने व्यवस्था रहेको छ । यस्तै एक जनालाई अध्यक्षले पछि मनोनीत गर्ने नाराले जनाएको छ । नाराको वर्तमान कार्यसमितिको कार्यकाल दुई वर्ष हुने व्यवस्था रहेको छ । रासस

Facebook Comments