Fri. Oct 18th, 2024

भरतपुर महानगरपालिकामा रेनु दाहाल मेयर बन्ने पक्का, एमालेका विजय सुवेदीभन्दा ११ हजार ५ सय ४२ मतको अग्रता

भिओके सम्वाददाता/ भररतपुर, २०७९ जेठ ९ गते सोमबार । भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका मेयर पदका उम्मेदवार रेनु दाहाल निर्वाचित हुने लगभग पक्का भएको छ । सो महानगरपालिकामा लगभग ११ हजार मत गन्न बाँकि रहँदा रेनु दाहालले आफ्ना निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेद्वार विजय सुवेदीलाई ११ हजार ५ सय ४२ मतले उछिन्नु भएको छ । अब गन्न बाँकि सबै मत सुवेदीलाई आए पनि रेनु दाहालको जीत निश्चित भएको स्पष्ट हुन्छ ।

त्यसैगरी गठबन्धनकै तर्फबाट उपमेयर पदका नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी आफ्ना निकटतम् प्रतिद्वन्दी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार हिमला गुरुङको भन्दा १८ हजार ४ सय २२ मतले अघि हुनुहुन्छ । उहाँले पछिल्लो मत परिणाम अनुसार ४५ हजार ४ सय ६८ मत प्राप्त गरिसक्नु भएको छ । त्यसैले पनि उपमेयर पदमा चित्रसेन अधिकारीले जित्ने निश्चित भएको हो ।

Facebook Comments