Fri. Oct 18th, 2024

वुद्धभुमिमा पुनः कांग्रेसको विजयी   

चन्द्रौटा, २०७९ जेठ ७ गते शनिबार ।  कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा पुनः नेपाली कांग्रेसकै नेतृत्व विजयी भएका छन् । कांग्रेसका मेयर पदका उम्मेदवार केशवकुमार श्रेष्ठले १४ हजार ३८४ मत प्राप्त गरेका छन् । श्रेष्ठले नेकपा (एमाले) का उम्मेदवार पिताम्बर खनाललाई ७८८ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । खनालले १३ हजार ५९६ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयरमा पनि कांग्रेसले जितेको छ । एमालेकी उम्मेदवार मञ्जु चौधरीलाई ५६९ मतले पारजित गर्दै कांग्रेसकी उम्मेदवार मिरा थारुले विजयी भएकी छिन् । २०७४ सालको निर्वाचनमा पनि मेयर उपमेयरमा निर्वाचित भएका दुवै पुनःनिर्वाचित भएका हुन् । रासस

Facebook Comments