Fri. Oct 18th, 2024

रोल्पामा कैदी झुन्डिएको अवस्थामा भेटिए

रोल्पा, २०७९ जेठ ५ गते बिहीबार ।  रोल्पा कारागारमा गए राति एक पुरुष कैदी झुन्डिएको अवस्थामा भेटिएका छन् ।

सुर्खेतको बराहताल गाँउपालिका-१ घोडाआँखेका २७ वर्षीय विजयविक्रम शाह कारगारको शौचालयमा आफ्नै गलबन्दीको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयाका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिनुभयो ।

शौचालयको ढोका बन्द रहेको जानकारी पाएपछि प्रहरीले ढोका फोरेको थियो । जिल्ला कारागारमा हाल महिला कैदी ११ र पुरुष कैदी ९६ रहेको बताइएको छ । रासस

Facebook Comments