Sun. Oct 20th, 2024

हङ्गेरीका नयाँ राष्ट्रपतिको पहिलो विदेश भ्रमण पोल्याण्ड   

 वार्सा , २०७९ जेठ ४ गते बुधबार । हङ्गेरीका नवनिर्वाचित राष्ट्रपति कटालिन नोभाकको पहिलो विदेश भ्रमण पोल्याण्ड भएको छ ।दुई देशको सम्बन्धलाई थप बलियो बनाउन भन्दै उहाँले मङ्लबारदेखि नै पोल्याण्डको भ्रमण सुरु गर्नु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

आफ्ना समकक्षी तथा पोल्याण्डका राष्ट्रपति अन्द्रजेज डुडाको निमन्त्रणामा उहाँले औपचारिक भ्रमण गर्नु भएको जनाइएको छ ।भ्रमणका क्रममा हङ्गेरीका राष्ट्रपति नोभाकले पोल्याण्डका प्रधानमन्त्री माटेउज माराविक्कीसँग पनि भेटवार्ता गर्नु भएको छ ।
राष्ट्रपतिको रुपमा सपथ ग्रहण गरेको तीन दिनपछि नै उहाँले वैदेशिक भ्रमण सुरु गर्नु भएको हो । पोल्यान्डका राष्ट्रपति डुडासँगको संयुक्त पत्रकार सम्मेलनमा हङ्गेरीका राष्ट्रपति नोभाकले भन्नुभयो, “पोल्याण्ड र हङ्गेरीको सम्बन्धलाई विषेश महत्व दिँदै थप बलियो बनाउने उद्धेश्यले मेरो सबैभन्दा पहिलो वैदेशिक भ्रमण पोल्याण्ड गरेको हुँ ।”

दुई देशका विचमा भएका कतिपय असमझदारीहरुलाई पनि आपसी छलफलबाट समाधान गर्न सकिनेमा उहाँले जोड दिनु भएको छ । वुडापेस्ट र वार्साका बीचमा धेरै विषयमा मतान्तर रहेका छन् । पछिल्लो समय युक्रेनमाथी रुसले गरेको आक्रमणको विषयमा पनि दुई देश दुई तिर उभिएका छन् । रासस/सिन्ह्वा

Facebook Comments