Fri. Oct 18th, 2024

लायन्स क्लब अफ क्विन्स बुद्धको आयोजनामा बालबालिकाहरु को क्विज प्रतियोगिता सम्पन्न

काठमाण्डौं, २०७९ बैशाख ६ गते मंगलबार । अप्रिल १७, २०२२ का दिन लायन्स क्लब अफ क्विन्स बुद्धको आयोजनामा बालबालिकाहरु को क्विज प्रतियोगिता सम्पन्न भएको छ।

अमेरिकामा जन्मेका अथवा नेपालमा जन्मेर अमेरिकाको स्कूलमा अध्ययन गरिरहेका नेपाली मूलका बालबालिकाहरुलाई लक्षित गरिएको सो प्रतियोगितामा १६ जना बालबालिकाहरुको सहभागिता रहेको थियो। चार ग्रुपमा (एवरेष्ट, बुद्ध , काठमाण्डौं र पोखरा) विभाजन गरि संचालन गरिएको सो प्रतियोगितामा पहिलो, दोस्रो, तेश्रो र सान्त्वना गरि चारवटै समुहलाई पुरस्कृत गरिएको थियो। प्रतियोगिता नेपालको धर्म, संस्कृति, इतिहास, राष्ट्रियता का साथै विज्ञानमा केन्द्रित रही संचालन गरिएको थियो।

प्रतियोगी सबै बालबालिकाहरुले उत्साह पुर्वक सक्रिय सहभागिता जनाएका थिए। Children’s Quiz Challenge कार्यक्रम संयोजक लायन बेगम पण्डितको सहजीकरणमा सम्पन्न भएको थियो र प्रतियोगिताको स्कोरिंगमा लायन चन्द्र नेपाली ले सहयोग गर्नु भएको थियो।

उक्त कार्यक्रममा Lions Clubs Internationals District 20-K1 का District Governor लायन अन्थोनी कोकरान मुख्य अतिथि र District 20 -K1 का जोन चेयर लायन अर्जुन गौडेल तथा स्पेसेलिटि क्लब कॊर्डिनेटर लायन कृष्ण आचार्य कार्यक्रम अबलोकनकर्ता को रुपमा रहनुभएको थियो।

उक्त कार्यक्रमको अध्यक्षता लायनस क्लब अफ क्विन्स बुद्धका अध्यक्ष लायन रीमाया नेपालीले गर्नु भएको थियो। कार्यक्रम सफल बनाउनका लागि क्लबका सदस्यहरु लायन दीपक राज घिमिरे, लायन बुद्धि पौडेल र लायन पुन्यवती रम्तेलले सक्रिय भूमिका निर्बाह गर्नुभएको थियो। District Governor द्वारा पुरस्कार तथा प्रमाणपत्र बितरण गर्दा उहाँले बालबालिकाहरुको उत्साह र तीक्ष्णता देखेर आफु प्रभावित भएको बताउनु भएको थियो।

कार्यक्रम संचालनको लागी लायन रुद्र पुनले स्थान उपलब्ध गराउनु भएको थियो भने पर्यवेक्षकको रुपमा लायन्स क्लब अफ क्विन्स के टी एम का अध्यक्ष्य अशोक कार्कीको उपस्थिति रहेको थियो। त्यसै गरि प्रतियोगी बालबालिकाका अभिभावकहरुको उपस्थितिले कार्यक्रमलाई थप ऊर्जा प्रदान गरेको थियो।

Facebook Comments