Fri. Apr 24th, 2026

कर तथा खर्च कटौतीको तरिकाबाट अर्थतन्त्रमाथि चीनको “मलजल”

       

काठमाण्डौं, २०७८ चैत १२ गते शनिबार । पैचिङले मार्च महिनामा २५ खर्ब चिनियाँ युआनको कर कटौती गर्ने र तिर्ने घोषणा गरेको छ।

बितेका ६ वर्षमा पैचिङले कटौती गरेको र तिरेको करको कुल रकम ९७ खर्ब चिनियाँ युआनभन्दा बढी पुगेको छ। वर्तमान विनिमय अनुसार, त्यो रकम ट्रम्प सरकारले सन् २०१७ मा सार्वजनिक गरेको १५ खर्ब अमेरिकी डलरको कर कटौती योजनाभन्दा नाघेको कुरा अमेरिकी ब्लुम्वर्ग बिजनेस वीकले २२ तारिख एउटा लेख प्रकाशित गर्दै जनाएको छ।

उक्त लेखमा भनिएको छ: लामो समयदेखि चीनका निर्णायकले सधैँ नै छनौटनात्मक रूपमा व्यवसायका लागि कर कटौती गर्ने तरिकामार्फत दीर्घकालीन रणनीतिक लक्ष्यलाई साकार तुल्याउँदै आएको छ। अनुसन्धान सम्बन्धी व्ययलाई बढाउने, पुन: उत्पादन गर्नसकिने ऊर्जा र विद्युतीय मोटर गाडी लगायतका महत्वपूर्ण क्षेत्रतर्फ थप लगानी लगाउने भन्ने रहेका छन्।

कर कटौती र खर्च कटौती गरिने तरिकाबाट केही ससाना व्यवसायलाई सहायता अझ विशेषगरी ती व्यवसायलाई जोगाउन सकिएको पनि उक्त लेखमा उल्लेख छ। सीआरआई

Facebook Comments

सम्बन्धित समाचार

1 min read