Thu. Jun 11th, 2026

केपी ओली भन्नुहुन्छ, “मेरो नेतृत्वको जस्तो अरू कुनै सरकारले काम गरेका छैनन्”

       

काठमाण्डौं, २०७८ चैत ८ गते मंगलबार । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेतृत्व गरेको सरकारले जस्तो अन्य कुनै पनि सरकारले काम गर्न नसकेको दाबी गर्नु भएको छ ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी, अभिनेत्री करिश्मा मानन्धर लगायतलाई पार्टीमा प्रवेश गराउनु हुँदै ओलीले यस्तो दाबी गर्नु भएको हो ।

‘आगामी स्थानीय निर्वाचनमा हामी बहुमत ल्याउँछौं र यो देशका लागि बहुमत ल्याउनुपर्छ। त्यसका लागि लाग्नुस्,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘हामीले विगतमा नै धेरै काम गरेका छौं। जनताको विभिन्न क्षेत्रमा काम गरेका छौं।’

उहाँले आफ्नो नेतृत्वको सरकारले सुरु गरेका महत्त्वपूर्ण काम अहिलेको सरकारले रोकेको बताउनु भयो । अध्यक्ष ओलीले एमालेले आउँदो निर्वाचनमा बहुमत ल्याएपछि मुलुकको सम्बृद्धितर्फ ध्यान केन्द्रित हुने बताउनु भयो ।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read