Fri. Oct 18th, 2024

अभिनेत्री करिश्मा मानन्धर एमाले प्रवेश

काठमाण्डौं, २०७८ चैत ८ गते मंगलबार । लोकप्रीय अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले करिश्मा मानन्धरलाई पार्टीमा स्वागत गर्नुभएको हो । एमाले प्रवेश गरे लगत्तै अभिनेत्री करिश्मा मानन्धरले एमाले अध्यक्ष केपी शर्मा ओली निकै ऊर्जावान व्यक्ति भएको बताउनु भएको छ ।

आज मंगलबार एक कार्यक्रम मार्फत एमाले प्रवेश गर्नुभएकी करिश्माले ओलीले मात्र जनतालाई भिजन देखाउने र भविष्य सुनिश्चित गर्ने भएको जिकिर समेत गर्नुभएको छ ।

अध्यक्ष ओलीले पार्टीमा स्वागत गर्दै पार्टी प्रवेश गर्नुभएकी करिश्माले अर्को पार्टीको मान्छेले समेत ओलीको गुनगान गाएको बताउनु भयो । ‘अध्यक्ष ओलीलाई फुर्काउन भनेको होइन, उहाँ जनतालाई भिजन देखाउने मानिस हो । जनताको भविष्य सुनिश्चित गर्ने क्षमता केपी ओलीमा पाउँछु, उहाँको इनर्जी देखेर म प्रेरित भएकी छु। अर्को पार्टीको मान्छेले पनि उहाँको गुणगान गाएको हुन्छ ।’ उक्त कार्यक्रममा उहाँले भन्नुभयो ।

देश परिवर्तन गर्ने एजेन्डा बोकेको पार्टी भएकाले एमालेमा प्रवेश गरेको समेत उहाँले बताउनु भयो । महिला तथा पिछडिएका वर्गको उत्थान गर्ने एमाले पार्टीको नीति भएको मानन्धरले जिकिर गर्नुभयो ।

‘नेकपा (एमाले) मा रहेर राजनीतिमा अघि बढ्ने अठोट गरेकी छु । मुलुकलाई समृद्ध र परिवर्तन गर्ने अठोट गरेकी छु । ’करिश्माले भन्नुभयो ।

Facebook Comments