Fri. Apr 24th, 2026

चीन सरकारद्वारा युक्रेनलाई एक करोड युआनको मानवीय सहायता

       

काठमाण्डौं, २०७८ चैत ७ गते सोमबार । चीन सरकारले युक्रेनलाई एक करोड युआनको मानवीय सहायता थप्ने निर्णय गरेको छ।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वनपिङले मार्च २१ तारिख नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो। प्रवक्ता वाङका अनुसार, यो चीनले परिस्थितिको विकास तथा चाहनाबमोजिम युक्रेनका लागि थपेको मानवीय सहायता हो। चीनले युक्रेन परिस्थितिको सहजताका लागि निरन्तर रचनात्मक भूमिका खेलेर मानवीय संकटको सामना गर्ने प्रयास जारी राखेको छ।

त्यसअघि चिनियाँ रेड क्रसले युक्रेनलाई ५० लाख युआन बराबरको मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको थियो।

Facebook Comments

सम्बन्धित समाचार