Fri. Oct 18th, 2024

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीद्वारा अमेरिकी कङ्ग्रेसलाई ऐतिहासिक सम्बोधन (भिडियो सहित)

- युक्रेन-रुस युद्ध

काठमाण्डौं, २०७८ चैत २ गते बुधबार । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी कङ्ग्रेसलाई आज ऐतिहासिक सम्बोधन गर्दै थप सैन्य सहायता उपलब्ध गराउन अपील गर्नुभएको छ ।

सम्बोधनका क्रममा उहाँले अमेरिकामाथि सन् २००१ मा गरिएको आतङ्कवादी हमलाबारे स्मरण समेत गराउनु भयो । भिडिओ सम्बोधनका क्रममा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसी फौजको आक्रमणबीच आफ्नो देशले हरेक दिन सेप्टेम्बर-११ को जस्तो पीडा सहिरहेको बताउनु भयो।

अमेरिका र उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोका साझेदारहरूलाई युक्रेनी आकाशलाई “नो फ्लाई जोन” घोषणा गर्न फेरि पनि अपील गर्दै उहाँले भन्नुभयो “म चाहन्छु कि हाम्रो आकाश सुरक्षित होस्।” बीबीसी

Facebook Comments