Fri. Oct 18th, 2024

युद्धमा रुसी उच्च सैन्य अधिकारीको मृत्यु भएको युक्रेनको भनाई

काठमाण्डौं, २०७८ फागुन २४ गते मंगलबार । युक्रेनको रक्षा मन्त्रालयका अनुसार खार्किभमा जारी युद्धका क्रममा एक जना रुसी उच्च सैन्य अधिकारी मारिएका छन्।

युक्रेनको रक्षा मन्त्रालयले जारी गरेको एक विज्ञप्तिका अनुसार भीताली जेरासाइमोभ युद्धका क्रममा मारिएको बताईएको छ । कैयौँ अन्य वरिष्ठ रुसी सैन्य अधिकारीहरू पनि घाइते भएको र मारिएको बताइएको छ। युक्रेनी गुप्तचर निकायका अनुसार जेरासाइमोभ दोस्रो चेचेन युद्ध र सिरियामा भएको रुसी सैन्य कारबाहीमा सहभागी भएको उल्लेख गरिएको छ ।

‘‘क्राइमिया पुनः नियन्त्रणमा लिए पश्चात्’’ भीतालीलाई पदक समेत दिईएको थियो । बीबीसीले स्वतन्त्र रूपमा यस विषयको पुष्टि गर्न सकेको छैन। रुसी अधिकारीहरूले पनि उक्त विषयबारे प्रतिक्रिया जनाएका छैनन्। बीबीसी

Facebook Comments