Thu. Apr 30th, 2026

नारी

- भवानी न्यौपाने भावना

       

काठमाण्डौं, २०७८ फागुन २४ गते मंगलबार । 

-भवानी न्यौपाने भावना

नारी शक्ति तथा देन बुझौंँ त्याग सदासय
हाँसेर महिला बाँचून् बनून् सदैव निर्भय।।

नारी हुन् ममतामुर्ति जननी दिव्य रूपिणी
गर्छिन् अभावको पूर्ति बन्दछिन् दु:ख हारिणी।।

नारी सगरमाथाको चुचुरोमा पुगिसके
नारी विराङ्गना भन्ने उद्वेताले बुझिसके।।

सङ्घर्ष बुद्दिमानी भै गर्नुपर्छ मिलीकन
अधिकार लिनैपर्छ सम्पूर्ण नडरीकन।।

भिक्षा मागेर रोएर मिल्दैन अधिकार त्यो
नारी एक भई लागौँ पाउन अधिकार यो।।

Facebook Comments

सम्बन्धित समाचार