संयुक्त राष्ट्र संघीय महासभाका अध्यक्षद्वारा वार्ता गरी युद्ध रोक्न रूस र युक्रेनलाई आह्वान
काठमाण्डौं, २०७८ फागुन १३ गते शुक्रबार । ७६औँ संयुक्त राष्ट्र संघीय महासभाका अध्यक्ष अब्दुलाह शाहिदले फेब्रुअरी २४ तारिख युक्रेन स्थितिबारे एक वक्तव्य प्रकाशित गरी तत्कालै युद्धविराम गरी वार्तामार्फत द्वन्द्व हटाउन रूस र युक्रेनलाई आह्वान गर्नुभएको छ।
शाहिदले तत्कालै युद्धविराम गरी तनावपूर्ण स्थितिलाई शिथिल बनाएर कूटनीति र वार्ताको पुनःरूत्थान गर्न आफूले आह्वान गरेको बताउनुभयो। उहाँले संयुक्त राष्ट्र संघको बडापत्र सार्वभौमिकता समानताको आधारित हो भने सबै सदस्य मुलुकले शान्तिपूर्ण रूपमा अन्तर्राष्ट्रिय विवादको समाधान गर्नुपर्ने दोहोर्याउनुभयो।
साथै शाहिदले अन्तर्राष्ट्रिय ऐन र अन्तर्राष्ट्रिय मानवीय कानुनमा तोकिएको कर्तव्यको पालना गरी मानवीय सहायताहरू सुरक्षित तथा बाधा नभएको रूपमा युक्रेनमा पुग्न निश्चित गर्न सबै सदस्यलाई आह्वान गर्नुभयो।
सोही दिन संयुक्त राष्ट्र संघका महासचिव आन्टोनियो गुटेरेसले संयुक्त राष्ट्र संघले तत्कालै केन्द्रीय आपतकालीन कोषबाट २ करोड अमेरिकी डलर लिएर युक्रेन र त्यस वरिपरि क्षेत्रको आपतकालीन मानवीय आवश्यकतालाई पूरा गर्ने घोषणा गर्नुभयो। सीएमजी