Fri. Oct 18th, 2024

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच बालकोटमा भेट, एमसीसी टेवल गर्ने बारे छलफल

काठमाण्डौं, २०७८ फागुन ५ गते बिहीबार । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

एमसीसी संसदमा टेबल गर्ने विषयमा बालुवाटारमा सत्तारुढ गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुको बैठकमा सहमति जुट्न नसकेपछि गठबन्धनको बैठक सकिएलगत्तै प्रधानमन्त्री देउवा अध्यक्ष ओलीलाई भेट्न जानु भएको हो ।

आज नै नेपाली कांग्रेसका नेता डा। मिनेन्द्र रिजालले ओलीसँग भेट गर्नु भएको थियो । भेटमा प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता टेवल गर्न सहज वातावरण निर्माणको लागि अध्यक्ष ओलीसँग आग्रह गर्नुभएको हुनसक्ने श्रोतले बताएको छ । एमसीसी सम्झौता यथास्थितीमा पास गर्न नसकिने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको अडानपछि चर्को दवावमा रहनु भएका प्रधानमन्त्री देउवा एमालेलाई साथमा लिएर भए पनि एमसीसी पास गर्ने रणनीतिमा लाग्नु भएको बताईएको छ ।

Facebook Comments