Sun. Nov 17th, 2024

अफ्गानी जनताको सम्पत्तिमा अमेरिकी डकैतीः चिनियाँ परराष्ट्र प्रवक्ता

काठमाण्डौं, २०७८ फागुन ४ गते बुधबार । चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले फेब्रुअरी १५ तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा अमेरिकाले अफ्गानिस्तानी जनताको अनुमतिविना उनीहरूको सम्पत्तिलाई आफ्नै बनाउने जस्तो गतिविधि डकैती जस्तै लागेको बताउनु भएको छ ।

अमेरिकी राष्ट्रपति जोसेफ बाइडेनले अफ्गानिस्तानस्थित केन्द्रीय बैंकको ७ अर्ब अमेरिकी डलरको विदेशी सम्पत्तिलाई फ्रिज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको थियो र विभिन्न पक्षले यो गतिविधिको विरोध गरेको देखिन्छ।

रूसका विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकाको उक्त गतिविधि मूर्खतापूर्ण र सनक भएको प्रतिक्रिया दिँदै सो कदमले अफ्गानिस्तानी जनतामा मानवीय संकट झन् बढी गम्भीर बनाइएको कुरा व्यक्त गर्नुभयो। यसैगरी पाकिस्तान र ईरान समेतका विभिन्न मुलुकका विदेश मन्त्रालयले अमेरिकाको उक्त कार्यको विरोध गरेका छन्। सीएमजी

Facebook Comments