Fri. Oct 18th, 2024

एमसीसीविरुद्ध नेकपा (एकीकृत समाजवादी)को देशव्यापी प्रदर्शन

काठमाण्डौं, २०७८ फागुन १ गते आईतबार । मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता खारेजीको माग गर्दै नेकपा एकीकृत समाजवादीले एमसीसी सम्झौंताविरुद्ध काठमाडौं लगायत देशका विभिन्न क्षेत्रहरुमा विरोध प्रदर्शन गरेको छ ।

काठमाण्डौंको माइतीघर मण्डलामा आज आइतबार पार्टी निकट भ्रातृ संगठनहरूले एमसीसीविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरूले एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौं, एमसीसी खारेज गरौं, ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप मुर्दावादलगायतका प्लेकार्डसहितको नारा लगाएका थिए ।

नेकपा एकिकृत समाजवादी इलाम निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध नारावाजीसहित-याली निकालेको छ ।

अनेरास्ववियूले एमसीसी नेपालको हितमा नभएको भन्दै -याली निकालेको हो । इलामको ठूलो टुँडिखेलबाट निस्किएको -याली इलाम चोकबजार परिक्रमा गर्दै जिल्ला समन्वय समिति इलामको हलसम्म पुगेको थियो ।

अखिलले प्ले कार्डमा ‘एमसीसी मुर्दावाद’, ‘५५ अर्वमा देश बेच्न पाइदैन’लगायतका नारा राखेर प्रदर्शन गरेको थियो ।

सम्झौता खारेजीको माग गर्दै आइतबार रुपन्देहीमा नेकपा एकीकृत समाजवादीका भातृ संगठनले प्रदर्शन गरेका छन् । बुटवलको ट्राफिक चोकमा भएको प्रदर्शनमा सहभागीहरुले ‘एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौं, ‘एमसीसी खारेज गरौं, गो ब्याक एमसीसी’, लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं रुपन्देही अध्यक्ष राजु गुरुङले एमसीसी सम्झौता राष्ट्रिय हितमा नरहेकाले स्वीकार्न नहुने बताउनु भयो । उहाँले सम्झौता पारित गर्न अमेरिकाले नेपाली नेताहरुलाई धम्की दिए पनि अमेरिकी स्वार्थ पूरा गर्न नेपाली जनता तयार नभएको बताउनु भयो ।

नेकपा एकीकृत समाजवादीका भातृ संगठनले एमसीसी सम्झौताको खारेज गर्न भन्दै दाङमा विरोध प्रदर्शन गरेका छन् ।

एमसीसी राष्ट्रघाती सम्झौता भएकाले रोक्न माग गर्दै घोराहीमा विरोध प्रर्दशन गरी गरेका हुन् । सहभागीले राष्ट्रिय स्वाभिमानको रक्षा गरौं, एमसीसी चाहिँदैन, एमसीसी सम्झौता खारेज गरौंलगायत प्लेकार्डसहित विरोध प्रदर्शन गरेका थिए ।

सहभागी नेताहरूले एमसीसी सम्झौता राष्ट्रिय स्वाधिनताविपरीत भएकाले स्वीकार्य नहुँने बताए । एससीसी अमेरिकी सैन्य ल्याउने रणनीति भएको भन्दै उक्त परियोजना पास गर्न नहुने बताए ।

नेकपा एकीकृत समाजवादीका भातृ संगठनले एमसीसी सम्झौताको खारेज गर्न भन्दै विराटनगरमा विरोध प्रदर्शन गरेका छन् ।

आइतबार पार्टी निकट भ्रातृ संगठनहरूले एमसीसीविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरूले एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौं, एमसीसी खारेज गरौं, ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप मुर्दावादलगायतका प्लेकार्डसहितको नारा लगाएका थिए ।

Facebook Comments