Fri. Oct 18th, 2024

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङद्वारा पैचिङ हिउँदे ओलम्पिक उद्घाटन समारोहमा सहभागी विदेशी अतिथिहरुका लागि स्वागत भोजको आयोजना (With Video)

काठमाण्डौं, २०७८ माघ २२ गते शनिबार । चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र प्रथम महिला श्रीमती फङ ली युआनले फेब्रुअरी ५ तारिख राजधानी पैचिङ्गस्थित जन बृहत सभाभवनमा सन् २०२२ पैचिङ हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोहमा भाग लिन आउनु भएका विदेशी अतिथिहरुका लागि स्वागत भोजको आयोजना गर्नुभएको छ।

सो स्वागत भोज कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्राध्यक्ष सीले चीन सरकार र चिनियाँ जनताको तर्फबाट सबै विदेशी अतिथिलाई हार्दिक स्वागत गर्दै पैचिङ हिउँदे ओलम्पिक खेलकुदलाई समर्थन गर्ने विदेशी सरकार,जनता र संगठनलाई धन्यवाद ज्ञापन गर्नुभएको छ।

सम्बोधनका क्रममा राष्ट्राध्यक्ष सीले १४ वर्ष पुरा गरेर ओलम्पिक खेलकुदको ज्योति फेरि पैचिङमा प्रज्ज्वलित भएको बताउनु हुँदै पैचिङ विश्वको पहिलो “दुई ओलम्पिक शहर” बनेको जानकारी दिनु भयो। चीनले हरित, संयुक्त उपभोग,खुल्ला तथा स्वच्छ ओलम्पिक संयोजन विचारधाराले महामारीको प्रभावको सामना गर्दै यस खेलकुदलाई निर्धारित समयमा आयोजना गरेको बताउनु भयो।

ओलम्पिक खेलकुदले मानव जातिमार्फत शान्ति,एकताबद्ध,प्रगतिप्रतिको सुन्दर खोजी बोकेको बताउनु हुँदै उहाँले भन्नुभयो, “सबैले ओलम्पिक खेलकुद भावनाको प्रचारप्रसार गर्दै एकताबद्ध भएर मेलमिलापयुक्त सहयोगात्मक अन्तर्राष्ट्रिय परिवारको निर्माण गर्नुपर्छ। सबैको प्रयासमा पैचिङ हिउँदे ओलम्पिक खेलकुद इतिहासमा लेखिनेछ।” सीआरआई

Facebook Comments