Sat. Nov 16th, 2024

नेटोको वार्तापछि रुसले कठोर विकल्पको सामना गरेको अमेरिकाको भनाई

काठमाण्डौं, २०७८ पुस २९ गते बिहीबार । अमेरिकी उपविदेशमन्त्री वेन्डी शरमनले रुसले पश्चिमसँग कूटनीति वा मुठभेडमध्ये एउटा रोज्नैपर्ने भन्दै चेतावनी दिनुभएको छ । उत्तर एट्लान्टिक सन्धी संगठन नेटो र रुसबीच भएको वार्तापछि बोल्दै उहाँले त्यस्तो चेतावनी दिनुभएको हो ।

युक्रेनको विषयलाई लिएर देखिएको तनाव घटाउने उद्देश्य सहित ब्रसल्समा नेटो(रुस काउन्सिलको वार्ता भएको थियो। सन् २०१९ यता उक्त काउन्सिलको यो पहिलो भेट भएको हो। रुसी उपविदेशमन्त्री अलेक्सान्डर ग्रुस्कोले नेटोले मस्कोको मागहरूबारे आफूलाई अनुकूल हुने मागमात्रै सम्बोधन गर्न नसक्ने बताउनु भयो। रुसको मागको सूचीमा युक्रेन कहिल्यै नेटोमा सामेल हुनहुन्न भन्ने पनि रहेको छ।

युक्रेनसँगको सीमा नजिकै दशौँ हजार रुसी फौज एकट्ठा भएका छन् र त्यसले आक्रमणको आशङ्का गराएको छ। नेटोमा आवद्ध हुने भन्ने लक्ष्य युक्रेनको संविधानको एउटा हिस्सा हो। तर उपविदेशमन्त्री शरमनले प्रगति गर्नसकिने क्षेत्रहरू रहेको बताउनु भयो र रुसले अब के चाहन्छ भन्ने निर्णय गर्नुपर्ने पनि बताउनु भयो । उहाँले अमेरिका र नेटो सबै खालको सम्भावनाका लागि तयारी गरिरहेको बताउनु भयो । बीबीसी

Facebook Comments