Fri. Oct 18th, 2024

न्यूनचापीय प्रणालीका कारण चिसो बढ्यो, पश्चिम नेपालका केही स्थानमा सामान्य वर्षा हुँदै

काठमाण्डौं, २०७८ पुस २१ गते बुधबार । न्यूनचापीय प्रणालीका कारण देशका अधिकांश भागमा चिसो झनै बढेको छ । हिँजो मंगलबारदेखि नेपालमा भित्रिएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण यत्तिवेला पश्चिम नेपालका दिपायल, दाङ, बाँके, बर्दिया लगायतका क्षेत्रमा सामान्य वर्षा भैरहेको छ ।

यसैगरी कर्णाली प्रदेशका केही भाग, लुम्बिनी प्रदेश र वाग्मती प्रदेशमा पनि सामान्य वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

न्यूनचापीय प्रणालीका कारण देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउपर्ने सम्भावना समेत रहेको छ । प्रदेश एक र दुईमा भने तुलनात्मक रुपमा कम वर्षा हुने बताईएको छ । काठमाण्डौं उपत्यकामा पनि आज चिसो बढेको छ ।

Facebook Comments