Fri. Oct 18th, 2024

राष्ट्रियसभामा १९ वटा रिक्त पदका लागी ४३ जनाको उम्मेदवारी

काठमाण्डौं, २०७८ पुस २० गते मंगलबार । आउँदो माघ १२ गते सम्पन्न हुने राष्ट्रियसभा निर्वाचनका लागि ९ वटा राजनीतिक दलका ४३ जना उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

राष्ट्रियसभामा १९ वटा रिक्त पदका लागि सत्ता गठबन्धनका ५ दल सहित जम्मा ९ वटा दलले उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माका अनुसार  उक्त निर्वाचनका लागि आज बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको समयावधि तोकिएको थियो । निर्वाचनमा १२ राजनीतिक दलले भाग लिँदै छन् । आयोगले यही पुस २५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ ।

आगामी फागुन २० गते नेकपा (एमाले)का आठ, नेकपा(एस)का चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिँदैछ । सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नपर्ने प्रावधान छ ।

प्रबुद्ध वर्गको प्रतिनिधित्व रहने ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ सदस्य प्रत्येक दुई वर्षमा पदावधि समाप्त हुने संवैधानिक व्यवस्था छ । उक्त निर्वाचनमा नौ राजनीतिक दलले सवै प्रदेशमा र तीन दलले प्रदेश विशेषमा मात्र भाग लिएका छन् ।

निर्वाचनका लागि प्रदेशसभा सदस्य तथा पालिका प्रमुख र उपप्रमुख गरी दुई हजार २५ मतदाता कायम छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ ।

Facebook Comments