Fri. Oct 18th, 2024

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यबाट पद तथा गोपनियताको सपथ ग्रहण

काठमाण्डौं, २०७८ पुस १९ गते सोमबार । नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशनबाट चयन हुनुभएका केन्द्रीय सदस्यहरुको पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । सपथ लगत्तै सानेपास्थित हेरिटेज प्लाजामा माओवादीको केन्द्रीय कार्य समितिको बैठक बस्ने जनाइएको छ । केन्द्रीय कार्य समितिको यो पहिलो बैठकले पदाधिकारीहरु टुंगो लगाउने जनाइएको छ ।

निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठका अनुसार आजको बैठकबाट अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत चयन हुनु भएपनि पदाधिकारीमा भने सहजै सहमति हुने सम्भावना कम रहेको छ ।

Facebook Comments