प्रतिनिधिसभाकाे बैठक स्थागित, अर्काे बैठक पुस २२ गते
काठमाण्डौं, २०७८ पुस १८ गते आईतबार । आज बस्ने भनिएको प्रितिनिधिसभाको बैठक पुस २२ गतेसम्मका लागि स्थगित भएको छ । संसद सचिवालयले सूचना प्रकाशित गरी विशेष कारणले बैठक स्थगित भएको जनाएको छ ।
श्रोतका अनुसार नेकपा माओवादी केन्द्रको महाधिवेशन काठमाडौंमा जारी रहेको र बैठकमा सो पार्टीका सांसदहरु उपस्थित हुन नसक्ने कारणबाट बैठक स्थगित गरिएको बताईएको छ ।
Facebook Comments