नेकपा माओवादी केन्द्रको महाधिवेशन अन्तर्गत ११ वटा समूहको छलफल सकियो
काठमाण्डौं, २०७८ पुस १४ गते बुधबार । काठमाण्डौंमा जारी नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तर्गत अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन र स्थायी समिति सदस्य देवप्रसाद गुरुङले पेश गर्नुभएको विधान संशोधन मस्यौदामाथि ११ वटा समूहले धारणा राखेका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा चलिरहेको बन्दसत्रमा आज ११ वटा समूहका संयोजकहरुलेले प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष सुनाउनु भएको हो ।
भोलि राजनीतिक प्रतिवेदन र विधान मस्यौदा प्रतिवेदन बन्द सत्रबाट अनुमोदन भए भोलि नै नेतृत्व चयनको औपचारिक प्रक्रिया सुरु हुने माओवादी केन्द्र निर्वाचन आयोगले जनाएको छ ।
Facebook Comments