काठमाडौंमा आज अमेरिकी लोकतन्त्रको यथार्थ र एमसीसी विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना हुँदै
काठमाण्डौं, २०७८ पुस १० गते शनिबार । नेपाल-चीन जनमैत्री प्रतिष्ठानले अमेरिकी लोकतन्त्रको यथार्थ र एमसीसी विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ ।
आज मध्यान्ह १२ वजे काठमाडौं कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने सो कार्यक्रमलाई पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता भीम रावल, पूर्व मुख्यसचिव तथा चीनका लागि पूर्व नेपाली राजदूूत लीलामणि पौड्याल, पूर्व महान्यायाधिवक्ता तथा कानूनविद् डा.युवराज संग्रौला, पा्रध्यापक डा. खगेन्द्र प्रसाई, नेकपा का नेता धर्मेन्द्र बास्तोला तथा वरिष्ठ अधिवक्ता एकराज भण्डारी लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सडक र संसदमा एमसीसी परियोजनाको वहस चर्कदै गएको समयमा आयोजना गरिन लागेको यो कार्यक्रमले महत्वपूर्ण अर्थ राख्ने विज्ञहरु बताउछन् ।